adv

गर्मी बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बिदा

१६ जेठ,दमक ।


बढ्दो गर्मी छल्न पूर्वका दुई स्थानीय तहले विद्यालय बिदा गरेका छन् ।

अत्यधिक गर्मी बढेपछि इटहरी उपमहानगरपालिकाले भोलि र पर्सी विद्यालय विदा गरेको हो । बिहीबार र शुक्रबारका लागि विद्यालय बिदा दिइएको इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

गर्मी बढेसँगै दिउँसोको समयमा विद्यार्थीहरुलाई गर्मीको जोखिम हुने अनुमान गरिएको छ । मधेसमा स्थानीय तहहरुले गर्मी छल्न विद्यालय बिदा दिन सुरु गरेका छन् ।

यस्तै अत्यधिक गर्मी बढेको भन्दै दुई दिनका लागि विद्यालय बिदा गरिएको धरान उपमहानगरपालिका शिक्षा शाखाले जनाएको छ । पालिकाले सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिइएको जनाएको हो ।

धरानका शिक्षा शाखा प्रमुख गणेशप्रसाद खतिवडालका अनुसार हिउँदे बिदामा मिलान गर्नेगरी दुई दिन गर्मीका कारण विद्यालय बिदा गरिएको बताए । शनिबारसम्म पनि गर्मी बढिरहेमा बिदा थप्न सकिने खतिवडाको भनाई छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु