adv

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

१८ जेठ, दमक ।
(एजेन्सीहरुको सहयोगमा)


अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प फौजदारी अपराध गरेको आरोपमा दोषी ठहर भएका छन् ।

ट्रममाथि व्यवसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा मुद्दा दर्ता भएका थिए । अदालतमा भएको सो मुद्दाको सुनुवाइका क्रममा उनी दोषी ठहर भएका हुन् ।

‘अमेरिकी इतिहासमा भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो’, अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले लेखेको छ ।

अदालतले जुलाई ११ मा उनीविरुद्ध सजाय सुनाउने बताइएको छ । अमेरिकी कानुनविद्हरुको भनाईमा ट्रम्पलाई अदालतले जेल सजाय तोक्ने भन्दा पनि जरिवाना गर्न सक्ने सम्भावना बढी रहेको बताएका छन् ।

ट्रम्पले यो आदेशलाई ‘कलंक’ भन्दै आफूविरुद्धको मुद्दा हेर्ने निकायको अध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेको समाचारहरुमा जनाइएको छ ।

ट्रम्पविरुद्ध परेका अन्य केही मुद्दाको सुनुवाई हुन बाँकी रहेको बिबिसीमा उल्लेख छ ।

आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि अभियान चलाइरहेका ट्रम्पलाई अदालतको यो फैसला भारी पर्न सक्ने अनुमान गरिएको छ ।

अदालतले ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्ससहित २२ प्रत्यक्षदर्शीसँग छ सातासम्म बयान लिएको थियो ।

ट्रम्पका एक वरिष्ठ अधिवक्ताले भने उनको पक्षका कानुनी टोलीले पुनरावेदनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु