adv

इलाम जिल्ला लीगको उपाधिका लागि रेडहर्स र त्रिवेणी भिड्दै

१८ जेठ, इलाम ।


एन्फा इलाम जिल्ला लीगको उपाधिको लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्लब भिड्ने पक्का भएको छ ।

इलामको ठूलो टुडिखेलमा शुक्रबार भएको सेमिफाइनल खेलमा रेडहर्सले मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम र त्रिवेणीले फ्रेन्डसिप युथ क्लब गोदकलाई पाखा लगाउँदै उपाधि होडमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा रेडहर्सले एमएफसीलाई टाइब्रेकरमा हराएको हो । निर्धारीत समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि निर्णयका लागि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा रेडहर्स ४–२ गोल अन्तरले बिजयी बन्यो । रेडहर्सलाई फाइनल पुर्याउन गोलरक्षक निशम दनुवारले एमएफसीको दुई वटा टाइब्रेकर प्रहार बचाएका थिए ।

दोश्रो सेमिफाइनल खेलमा त्रिवेणीले फ्रेन्डसिप माथि ३–० गोल अन्तरको जित दर्ता गर्यो । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ११ औ मिनेटमा अबिरल राईले त्रिवेणीलाई अग्रता दिलाए । अन्तिम मिनेट र अतिरिक्त समयमा मुकेश मगरले गोल गरेपछि त्रिवेणीले रेडहर्ससँंग उपाधि भेट पक्का गरेको हो । फाइनल खेल भोलि शनिबार हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु