इलाम । इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।
इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।
‘जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन । अहिलेसम्म २ जनाको शव फेला परेको छ,’ उनले भने ।
बच्चाको र महिलाको शव फेला परेको उनले बताए । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए ।