adv

जारी भेट्रान्स फुटबल प्रतियोगिताको उपाधिका लागि माङसेबुङ २ र ६ भिड्दै

२१ जेठ २०८१, सोमवार


सजन राई । माङसेबुङ । इलामको माङसेबुङमा जारी वडा स्तरीय भेट्रान्स प्रतियोगिता २०८१ को सेमिफाइनल खेलमा माङसेबुङ-२ र ६ विजयी हुदै उपाधि भिडन्त पक्का गरेको छ । सोमवार माङसेबुङ-२ चित्रे स्थित डोलटार खेल मैदानमा सञ्चालन भएको सेमिफाइनलको पहिलो खेलमा माङसेबुङ-६ ले माङसेबुङ-३ लाई ५-२ गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको हो ।

पहिलो हाफको १९औं मिनेटमा गोल गर्दै वडा ६ का श्याम राईले टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको २ मिनेट पछि श्यामले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ५औं मिनेटमा मन कुमार राईले गोल गर्दै टिमलाई ३ गोलको अग्रता दिलाए । खेलको ८औं मिनेटमा वडा ३ का सरतजङहाङ राईले गोल गर्दै अग्रता घटाएका थिए । खेलको अतिरिक्त समयमको सुरुमै लगातार २ गोल गर्दै वडा ६ का मन कुमार राईले आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ५-१ को स्थितिमा पुर्याए । खेलको अन्तिम समयमा वडा ३ का राजेश राईले गोल गरे पनि हार पन्छाउन नसक्दा खेल ५-२ को अन्तर सकिएको थियो ।

त्यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा वडा २ ले वडा १ लाई शून्यका विरुध्द ३ गोल गर्दै फाइनल पुगेको छ । वडा २ का लिल बहादुर लिम्बूले खेलको ८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले अगाडी रहेको वडा २ ले दोस्रो हाफको सुरुमै लिल बहादुर कै गोलमा अग्रता बढाएका थिए ।

खेलको अतिरिक्त समयमा प्रकाश लिम्बूले गोल थप्दै टिमको जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच विजयी टिम वडा ६ का मन कुमार राई र वडा २ का लिल बहादुर लिम्बू घोषित भए ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा ४० वर्ष माथिका खेलाडीहरु सहभागी भएका थिए । मंगलवार वडा ६ र २ बिच उपाधिका फाइनल खेल हुने आयोजक समितिले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छन् भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा माङसेबुङका ५ नम्बर वडा बाहेक ५ वटा वडाका ‘ए’ टिम साथै वडा नम्बर ६, ३ र २ को ‘बि’ टिम सहित आठ टिमको सहभागिता रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु