adv

स्वतन्त्र सचेत नागरिक समूहको श्रम अभियान निरन्तर

सजन राई ।

माङसेबुङ । “हप्ताको छ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि” भन्ने मूल नाराका साथ सुरु गरेको स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङले प्रत्येक हप्ताको शनिवार श्रमदान अभियान सञ्चालन गरिरहेको छ ।

श्रमदान अन्तर्गत समूहले दमक चिसोपानी(प्रस्तावित फाल्गुनन्द) राजमार्गको माङमालुङ बजार देखि पञ्चमी बजार सडक खण्डको मर्मत,अस्थायी नाली निर्माण, ढुङ्गाको सोलिङ गर्ने काम गरेको छ ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यस सडक खण्डमा अहिले बर्खा लागे सँगै मानिस तथा सवारी साधनलाई आवतजावतमा कठिनाइ भइरहेको छ ।

अभियान यो हप्ता ५५ जनाको उपस्थिति रहेको समूहका सदस्य देवाहाङ राईले जानकारी दिए । उनका अनुसार ठूलो सवारी साधन भन्दा पनि विशेष दुई पाङ्ग्रे साधन र पैदल यात्रीहरुको सहजताको लागि काम भएको छ । अहिले माङसेबुङ पालिका श्रम अभियान पालिकाको रुपमा चर्चामा आउँदा हामी माङसेबुङ बासि खुशिछौ उनले थपे ।

अभियान्ता शंकर योङहाङका अनुसार अभियानमा श्रम सँगै अन्य सहयोगी हातहरु जुटिरहेको छ । खाजा पानी लगायत आवश्यक उपकरण साथै साधनहरुको पनि सहयोग आइरहेको छ । सबैको रेकर्ड राखिएको छ ।

अभियानमा सुरु देखि नै सहभागि भएका माङसेबुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ-६ वडा अध्यक्ष प्रदिप साङपाङ, पञ्चमी सशस्त्र प्रहरी बल प्रमुख निराजन पोखरेल, साकफारा प्रहरी चौकी प्रमुख भूपेन्द्र थापा सहित शिक्षक, कर्मचारी, व्यापारी, सरोकारवाला तथा समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

लुम्बिनि गणपतिले २०७६ मा ठेक्का पारेको यो सडकको २०७५ असोजमा २६ वर्ष पछि कालोपत्रे शिर्षकमा समाचार आउदा स्थानीय हर्षित थिए । तर ४ पटक म्याद थप गरिएको यो सडकको अहिले ठेक्का खारेज भएको छ ।

स्थानीयहरु भन्छन् राजनैतिक संरक्षण पाएका निर्माण कम्पनिहरु ढुक्क छन् । काम जति ढिलो गरेपनि, गुणस्तरहिन गरेपनि कारबाही हुने छैन ।

२०८० फागुन २४ गते माङसेबुङ ३ स्थित चतुरे बजारमा गठित सचेत समूहले २०८१ जेठ ५ गते शनिवार श्रम अभियान सुरु गरेको हो ।

त्यसै गरी आउदो शनिवार माङसेबुङ ३ मानपुर देखि भन्ज्याङ सम्मको प्रस्तावित फाल्गुनन्द सडक खण्डमा श्रमदान हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु