adv

जसपा नेपाल कोशी नामको विपक्षमा, पहिचान झल्कने नामाकरण माग

२९ जेठ, जनकपुरधाम ।


जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश १ को नाम कोशी राखिएकोप्रति असहमति जनाएको छ । उसले आफ्नो दस्तावेजमा पहिचान झल्कने प्रदेश नामाकरणको पक्षमा आफूहरु रहेको बताएको छ ।

पार्टीको जारी एकताको पहिलो महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको बुँदा १७ मा जसपा नेपालले प्रदेश १ को नाम कोशी राखेकोप्रति असमति जनाएको हो ।

प्रतिवेदनको सो बुँदामा भनिएको छ –‘प्रदेशको नामाकरणमा प्रदेशका जनसमुदायहरुको अपनत्व रहनु पर्दछ । हाम्रो पार्टी पहिचान झल्कने नामाकरणको पक्षमा रहेको छ । त्यसैले त्यहाँ भइरहेको पहिचानको आन्दोलनलाई हाम्रो पार्टीले ऐक्यबद्धताका साथ सहयोग मात्रै होइन नेतृत्वदायी भूमिका पनि खेलनु पर्दछ ।’

जसपा नेपालले प्रदेश १ को नाम पहिचान नामेट पार्दै कोशी राख्ने कार्यमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सहभागिता रहेको जसपा नेपालको भनाई छ ।

सहिद पदम लिम्बू लाजेहाङ । फाइल फोटो

प्रदेश १ को कोशी नामाकरणविरुद्धको आन्दोलनमा पदम लिम्बू लाजेहाङले शहादत प्राप्त गरेको विषय दस्तावेशमा उल्लेख छ । कोशी नामकै विवादका कारण लगातार पाँच पटक सरकार परिवर्तन भएको भन्दै जसपा नेपालले पहिचानको माग सम्बोधन हनुपर्नेमा जोड दिएको हो ।

‘प्रदेश सभाले २०७९ फागुन १७ गते नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) समेतको सहमतिमा १ नं प्रदेशलाई कोशी प्रदेश नामाकरण गर्ने निर्णय गरेपछि बिराटनगरमा त्यसको विरुद्ध आन्दोलन सुरु भयो’, प्रतिवेदनमा भनिएको छ ।

जसपा नेपालको प्रदेश १ समितिले भने कोशी नाम खारेज गरेर पुुनः नामाकरणमा पहिचान समेटिएको ‘किरात–लिम्बुवान–मधेश–शेर्पालुङ’ राखिनुपर्ने माग गर्दैआएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु