adv

केन्यामा कर वृद्धिविरुद्ध प्रदर्शन, प्रहरीको गोली लागेरपाँच जनाको मृत्यु

११ असार, दमक । (एजेन्सीको सहयोगमा)


केन्याको राजधानी नैरोबीमा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको खबर छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार त्यहाँ नियोजित कर वृद्धिको विरुद्धमा विशाल विरोध प्रदर्शन जारी छ । प्रदर्शनकारीले केन्यायी विधायकहरुलाई कर वृद्धिको विपक्षमा संसद्मा मतदान गर्न आह्वान गरेका थिए । तर, संसद्मा उनीहरुले कर वृद्धिको पक्षमा मतदान गरेको थाहा पाएपछि उनीहरुलाई लक्षित गर्दै प्रदर्शनकारीहरुले आक्रमण प्रयास गरेका बताइएको छ ।

प्रदर्शनकारीहरु राजधानीका विभिन्न ठाउँहरुमा आगजनी गर्दै त्यहाँको संसद्मा प्रवेश गरेर आगजनी गर्न थालेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।

यो समाचार तयार पार्दासम्म प्रहरीको गोली लागेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३० जना बढीलाई केन्या मेडिकल एसोसिएसनलाई उद्धृत गर्दै बिबिसीले जनाएको हो ।

रोयटर्स समाचार एजेन्सीका एक पत्रकारले पनि संसद्बाहिर कम्तीमा पाँच प्रदर्शनकारीको शव गणना गरेको रिपोर्ट गरेका बताइएको छ ।
यसअघि भीडले प्रहरी घेरा तोडेर कम्प्लेक्सको केही भागमा आगजनी गर्दै संसद्मा प्रवेश गरेको थियो ।

समाचारमा जनाइए अनुसार नैरोबी सिटी हलमा पनि आगलागी भएको थियो । अहिले झण्डै ४० जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु