adv

विद्यावारिधिका दुई विद्यार्थीसहित १६ जना पुरस्कृत

१९ असार, माङसेबुङ ।


माङसेबुङ गाउँपालिकाले मंगलबार एक कार्यक्रमका बीच दुई जना विद्यावारिधि उपाधिका लागि शोधरत विद्यार्थीलाई सम्मान गरेको छ ।

कार्यक्रमका बीच माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले विद्यार्थी प्रोत्साहन तथा सम्मान कार्यक्रमका बीच विद्यावाधिरिका लागि शोधरत माङसेबुङ २ का मनोजकुमार लिम्बू र गोविन्द लिम्बूलाई जनहि दुई लाख ५० हजार नगदसहित सम्मान गरेको हो ।

सो अवसरमा एसईई परीक्षामा उत्कृष्ट ग्रेड पाएर उत्र्तीण छात्र–छात्रा, कक्षा ८ को परीक्षामा उत्कृष्ट ग्रेड पाएर उत्र्तीण छात्र–छात्रा र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक पाएका गरी १४ जना विद्यार्थीहरुलाई नगद पाँच हजारसहित सम्मान गरेको गाउँपलिकाका प्रवक्ता सुसन राईले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिककाका उपाध्यक्ष बिनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानलगायत सहभागी थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु