१९ असार, काठमाडौँ ।
आफ्नो माग बमोजिम पार्टीको बैठक लाइभ नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाल मुखमा काले टेप लगाएर उपस्थित भएका छन् ।
ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने माग राखेका थिए । तर, उनको मागअनुसार बैठक लाइभ नगर्ने निर्णयपछि सो को विरोधमा महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर बसेका हुन् ।
उनले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको जिकिर गरेका छन् ।
बैठकमा महामन्त्री ढकालको प्रतिवेदनसहित पछिल्लो समसामयिक राजनीतिक घनाक्रम र नयाँ सत्ता समीकरण बारे छलफल हुने बताइएको छ ।