दमक फुटबल एकाडेमीका विजेता खेलाडीलाई १० नगद १० हजार पुरस्कार
२२ असार, दमक ।
दमक नगरपालिका १ नम्बर वडाका वडा अधयक्ष हरि नेउपानेले दमक नगरपालिका खेलकुदको विकास र खेलाडीहरुको प्रोत्साहनमा गम्भीर नभएको बताएका छन् ।
दमक १ स्थित दमक फुटबल एमाडेमीले असार १४ गते आयोजना गरेको प्रथम सपतकोशी गोल्कड फुटबल प्रतियोगिता २०८१ का विजेता खेलाडी टोलीलाई पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष हरि नेउवापनेले यस्तो बताएका हुन् ।
करिब २ वर्षपछि मात्रै दमक नगर खेलकुद विकास समितिले पूर्णता पाएको भन्दै उनले खेलकुदको विकासमा स्थानीय सरकार गम्भीर हुन नसकेको स्वीकार गरे । ‘खेलकुदको समस्यालाई राजनीतिक नेतृत्वले बुझेन’ नेउपानेले भने ।
एकाडेमीका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वडा अध्यक्ष न्यौपाने, समाजिक अगुवा महेश घिमिरेलगायतले गोल्डकपका विजेताहरुलाई नगदसहित प्रमाणपत्र र मेडल हस्तान्तरण गरेका थिए ।
सप्तकोशी नगरपालिकाको नगर युवा तथा खेलकुद विकास समितिले सप्तकोशी १ को फत्तेपुरस्थित शहीद रंगशालामा असार १ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताको फाइनलमा धरान स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले हराउँदै असार ८ गते शनिबार दमकले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थियो ।
दमक १ स्थित डी टाउनमा आयोजित कार्यक्रममा प्रतियोगिता विजेता खेलाडी, कोच र टिम व्यवस्थापकहरुलाई नगद १० हजारका दरले पुरस्कृत गरिएको एकाडेमीका सचिव रामचन्द्र अधिकारीले बताए ।