adv

शनिबार रातिसम्ममा बाढी पहिरोका कारण नौ जनाको मृत्यु

२३ असार, दमक ।


लगातारको वर्षासँगै बाढी र पहिरोमा परि देशैभर पछिल्लो २४ घण्टा (शनिबार रातिसम्म)मा नौ जनाको ज्यान गएको र सात जना बेपत्ता भएका खबर छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार मनसुन सुरु भएयता बाढी–पहिरोमा परि देशैभर मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

देशैभर लगातारको वर्षासँगै बाढी पहिरोले ठूलो जनधनको क्षति भएको गृहले जनाएको छ ।

शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्राप्त जानकारीअनुसार काभ्रेको रोसी गाउँपालिका–११ मा भ्याकुरे खोला तर्ने व्रmममा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझस्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी पाँच वर्षीया भदैनी सेतीमाया रुजाल मगरको मृत्यु भएको हो ।

त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा एक जनाको मृत्यु भएको र एक जना घाइते भएको र शुक्लागण्डकी नगरपालिका–१३, काउरेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । काउरेका ४० वर्षीय हीरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएको र खोजी कार्य जारी रहेको बताइएको छ ।

खोलाले बगाएर दाङमा एक जना, पर्वतमा दुई जना र दोलखामा एक जना गरी सात जना बेपत्ता रहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले जानकारी दिएका छन् । त्यस्तै पहिरोले तनहुँमा पुरिएर चार जना, गुल्मीमा एक जना र ओखलढुङ्गामा दुई जना गरी सात जना घाइते भएका बताइएको छ ।

काठमाडौँको नागार्जुनमा पहिराले रेस्टुरेन्ट पुरिँदा गोरखाका मनोज विकको मृत्यु भएको खबर छ ।

स्याङ्जाको बिरुवा–६, लामाखेतमा ईश्वरी लम्सालको घर पुरिँदा ६५ वर्षीय गुह्येश्वरी शर्मा मरासिनी र ५८ वर्षीय हरिदेवी शर्माको मृत्यु भएको छ । ६६ वर्षीय माधव शर्मा बेपत्ता छन् । लम्साल परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । बाढीका कारण दाङमा दूध बेच्न गएका एक किसान र दोलखामा एक महिला बेपत्ता छन् ।

गौरीशङ्कर नगरपालिका–८ मा माथिल्लो भेगमा आएको हिउँपहिरोपछि रोल्वालिङ खोलामा स्थानीय होटल व्यवसायी जाङ्मु शेर्पालाई बाढीले बगाएको खबर छ । बाढीले आठ घर बगाएको जनाइएको छ ।

अधिक वर्षा गण्डकीमा

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा देशभरमध्ये गण्डकी क्षेत्रमा अधिक भारी वर्षा भएको खबर छ ।

अनुसार पाल्पा कुमाल गाउँमा २०२ मिलिमिटर र आसपासका क्षेत्रमा ३०० मिलिमिटर वर्षा भएको हो । लुम्बिनीको दाङमा २७१ मिलिमिटर वर्षा भएको बताइएको छ ।

(आज)आइतबारबाट गण्डकी पश्चिमका लुम्बिनीदेखि सुदूरपश्चिम भेगमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सर्तकता अपानाउन सुझाव दिएको छ ।

गोरखापत्र अनलाईनको सहयोगमा)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु