२४ असार, धनगढी ।
कञ्चनपुरमा घरभित्र पानी जमेपछि जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको हो ।
कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार घरभित्र पानी जमेको र ओछ्यानमा सुतिरहेका शिशुको भुइँमा खसेर मृत्यु भएको प्रहरी उपरीक्षक जोशीले बताए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।