२५ असार, बिराटनगर ।
मोरङको विराटनगरमा धारिलो हतियार प्रहार गरेर एक जना युवकको हत्या भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका २ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका थिए ।
घाइतेमध्ये कटहरी गाउँपालिका १ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी १ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् ।
घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटना बारे जानकारी पाएको थियो । घटनामा कसको संलग्नता छ भन्ने खुलिनसकेको मोरङ प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।