adv

माङसेबुङमा पहिरो खस्दा दमक–चिसोपानी (फाल्गुनन्द सडक) अबरुद्ध

२५ असार, दमक ।

एआई प्रविधि प्रयोग गरेर सिर्जना गरिएको पहिरोको तस्वीर ।

लगातारको वर्षापछि आएको पहिरोका कारण दमक–चिसोपानी (फाल्गुनन्द मार्ग) सडकको बाघमारा पुल नजिकै सडक अवरुद्ध बनेको छ ।

इलामको माङसेबुङ ३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक यातायात अबरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले पुष्टि गरे ।

‘पहिरोका कारण बाटो बन्द भएको छ । हामीले पालिकाबाट स्काभेटर पठाइसकेका छौँ । एक–डेढ घण्टामा बाटो खुलाउँछौँ’, अध्यक्ष राईले भने ।

यसअघि राईले आफ्नो फेसबुक वालमा पहिरो बारे जानकरी गराएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु