दमक । क्लब हिमालयन टाइगर (हिटा)को आयोजनामा भएको फुटसल प्रतियोगिताको उपाधि पत्रकार मञ्च दमकले हात पारेको छ । क्लबको ५औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित फुटसल प्रतियोगिताको उपाधि मञ्चले जित्न सफल भएको हो ।
फाइनल खेलमा टिम डिपिएललाई २-१ गोल अन्तरले पराजित गर्दै मञ्च च्याम्पियन बनेको थियो । पहिलो सेमिफाइनल खेलमा दमक उधोग वाणिज्य संघलाई १ का विरुद्ध ४ गोल गर्दै मञ्चले फाइनल यात्रा तय गरेको थियो भने डिपिएलले वाइ पाएर फाइनल प्रवेश गरेको थियो ।
नेपालीहरुको महान चाड दशैं लक्षित प्रतियोगिताको
विजेताले पहिलो पुरस्कार बापत खसी हात पारे भने उपविजेताले कुखुरा पाए ।
व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी मञ्चका दर्शन राई घोषित हुँदा उत्कृष्ट गोलरक्षक डिपिएलका पर्वत बस्नेत भए । त्यसैगरी हाइस्कोरको उपाधि डिपिएलका संजिव तिम्सिना र दमक उधोग वाणिज्यका राजु खड्काले हात पारे । प्रतियोगितामा विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
विभिन्न सामाजिक कार्यहरुमा सक्रिय क्लब हिमालयनले प्रतियोगिता अगाडि रक्तदान कार्यक्रम समेत राखेको थियो ।