adv

दमक नमुना ब्याडमिन्टन प्रतियोगिताको उपाधि निसुम र सुवासको जोडिलाई

२३ असोज २०८१, बुधवार

दमक । झापाको दमकमा विजयादशमीको अवसरमा भएको ब्याडमिन्टन प्रतियोगिताको उपाधि निसुम लिम्बू र सुवास राईको जोडिले जित्न सफल भएको छ ।

दमक नमुना ब्याडमिन्टन एकेडेमिको आयोजनामा मंगलवार भएको प्रतियोगितामा एकेडेमिका नियमित खेलाडी तथा आजीवन सदस्यबिच आन्तरिक प्रतिस्पर्धा भएको थियो ।

जहाँ दोस्रो स्थान डबल गुरुङ र शान्तकला लावतीको जोडिले प्राप्त गर्दा पुष्पराज पाण्डे र प्रविण सम्बाहाम्फे सहित दिव्य लिम्बू(धड्कन) र राजेश योङहाङको जोडिले तेस्रो स्थानमा चित्त बुझाए ।

त्यसैगरी सोही दिन भएको ५० वर्ष माथिका प्रतियोगितामा ओजेन्द्र लिम्बू र ज्ञान बहादुर लिम्बूको जोडि पहिलो हुँदा महेन्द्र लिम्बू र गंगा गुरुङ दोस्रो भए । तेस्रो स्थानमा वीरु लिम्बू र श्री प्रसाद वनेम सहित राम रसाइली र विष्णु आङबुहाङको जोडि रहे ।

विजेताहरुलाई कार्यक्रमको प्रमुख अतिथि दमक ७ वडा अध्यक्ष भिम पौडेल, विशिष्ट अतिथि एसएसपि राजेश उप्रेती, अतिथिहरु बज्र सुरज आङ्देम्बे, धनजित रुङमाहाङ, श्री प्रसाद वनेम, भवानी बिक्रम आङदेम्बे, सुदेन राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु