काठमाण्डौ, ३० असोज । वर्षा र बाढी पहिरोका कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।
वीपी राजमार्गको सो क्षेत्रमा आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय भक्तपुरले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।
काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा–बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेसी–वर्षेखोला सडक खण्ड बन्द हुने भएको हो।