adv

साफ महिला च्याम्पियनसिपमा भारतको सहज जित

कात्तिक , काठमाडौं साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले सहज जित निकालेको पाँचपल्टको विजेता तथा उपाधिदाबेदार मानिएको भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई का विरुद्ध गोल गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको

बिहीवार दशरथ रंगशालामा भएको समूह()को खेलमा भारतले पाकिस्तानमाथि पहिलो हाफ मा चार गोल गरेको थियो भने पाकिस्तानले एक गोल फर्काएको थियो खेलको पाँचौं मिनेटमादाङ्मी ग्रेसको गोलबाट भारतले खेलमा अग्रता लिएको थियो १७औं मिनेटमा मनिषा कल्याणले गोल गर्दै अग्रता दोब्बर बनाउँदा ३५औंमिनेटमा बालादेवीले तेस्रो गोल गरेकी थिइन्

खेलको ४२औं मिनटमा दाङुमी ग्रेसले व्यक्तिगत दोस्रो तथा भारतका लागि चौथो गोल गरिन् पाकिस्तानले पहिलो हाफको अन्तिमसमयमा पेनाल्टीको अवसर पायो जसलाई सुहा हिरानीले कुनै गल्ती नगरी गोलमा परिणत गरीन्

दोस्रो हाफ शुरु भएको केही मिनेट मै मेरी सिद्दिकीले पाकिस्तानका लागि दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरीन् तरखेलको ७८औं मिनटमा ज्योति चौहानले पाँचौं गोल गर्दै भारतको जित पक्का गरिन्

भारतले समूह चरणको आफ्नो अन्तिम खेलमा २३ अक्टुबरका दिन साबिक विजेता बंगलादेशसँग खेल्नेछ भने २० अक्टुबरका दिनपाकिस्तानले बंगलादेशसँग खेल्नेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु