कात्तिक ४, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले खेल जीवनबाट सन्यास लिएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सन्यासको घोषणा गरेका हुन् ।
“धेरै सोचविचार पछि मैले नेपाली राष्ट्रिय टोलीको कप्तानी त्याग्ने र अवकाश लिने निर्णय गरेको छु । यो निर्णय लिन सहज थिएन । तरयो जिम्मेवारी नयाँ पुस्तालाई दिने समय आएको” उनले भने ।
मानबहादुरले घरेलु भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् । सन् २०१७ मा नेपालको पुरुष टिमले एभिसी सिनियर मेन्ससेन्ट्रल जोन भलिबलमा तेस्रो हुँदै कांस्य जित्दा मान बहादुर टिमका सदस्य थिए । उनले गत वर्ष चीनमा भएको १९ औ एसियाडबाटनेपालको कप्तानी सम्हालेका थिए। मानबहादुर दुई पटक एसियाड खेल्ने दुई खेलाडी मध्ये एक हुन् ।