कात्तिक ४, काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको समूह ‘ए’ को खेलमा साबिक विजेता बंगलादेशलेपाकिस्तानसँग १–१ बराबरी खेलेको छ ।
पहिलो हाको ३१औं मिनेटमा जालिमा मलिकको गोलबाट अग्रता लिएको थियो । तर बंगलादेशले दोस्रो हाफको इन्जुरी समयमा खेलमाफर्कियो। शाम सुनहार जुनियरले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाइन् ।
बङ्गलादेश र पाकिस्तानको बराबरीसँगै पाँचपल्टको विजेता भारत एक खेलअगाबै साफ महिला च्याम्पियनसिप २०२४ कोसेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहको पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ ले हराएको थियो । समूह चरणको अन्तिमखेल बंगलादेशसँग खेल्न बाँकी रहेको भारत तीन अंकसहित शीर्ष स्थानमा छ । बंगलादेश र पाकिस्तानको समान एक अंक छ । बुधबारभारत र बंगलादेशबीच हुने खेलले यो समूहबाट अन्तिम चारमा पुग्ने अर्को टोलीको टुंगो लगाउने छ ।


