adv

अमेरिकालाई हराउदै नेपालले एक खेल अगावै सिरिजमाथि कब्जा

कात्तिक , काठमाडौं दोस्रो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलकोसुपर ओभरमा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले तीन खेलकोशृंखला एकअघि अगावै जितेको निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो

सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो सोमपाल कामीले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदैअमेरिकालाई दबाबमा राखेका थिए चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा रनको लक्ष्य पायो

प्रत्युत्तरमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल आरिफ शेख आएका थिए

आइतबार बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दा विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो

यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो अब, तेस्रो खेल सोमबार बिहान हुनेछ

यसअघि अमेरिकाको लागि आन्द्रेस गौसले ४३ बलमा तीन चौका चार छक्कासहित सर्वाधिक ६२ रन बनाए ओपनर साइटेजामुक्कामल्लले ४१ बलमा ४७ रनको योगदान गरेका थिए दुई खेलाडीबीच सतकीय साझेदारी भएको थियो

 

नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे सोमपाल कामीको नाममा दुई तथा सागर ढकाल दीपेन्द्रसिंह ऐरीले समानएक विकेट लिएका थिए

दोस्रो खेलमा नेपालका टस जितेर ब्याटिङ गरेको नेपालको लागि तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेलले ५४ बलमा चौका छक्कासहित सर्वाधिक ९२ रन बनाएका हुन् ओपनर अनिल कुमार शाहले २५ तथा गुल्शन झाले १७ कप्तान रोहितकुमार पौडेलले१८ रनको योगदान गर

अमेरिकाका जसदीप सिंह नोस्थुस केन्जिगेले समान दुई विकेट लिए सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु