कात्तिक ५, काठमाडौँ । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार नेपालले माल्दिभ्समाथि ११–० को गोल अन्तरकोफराकिलो जित निकालेको छ ।
दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेलले पाँच गोल गर्दा प्रीति राईले ह्याट्रिक गरिन । रेखाले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमागोल गर्दा प्रीति राईले ६, ६५ र ८७ औं मिनेटमा गोल गरेकी थिइन् । अन्य तीन गोल सविता रानामगर, अनिता केसी र अमिशा कार्कीकोनाममा रह्यो ।
सविताले २९, अनिताले ६८ र अमिशाले ८८ औं मिनेटमा गोल गरे । यसै खेलबाट नेपालका लागि सजनी थोकरले डेब्यु गरेकी छिन् ।यही प्रतियोगिताका लागि फ्रान्सबाट आइतबार बिहान नेपाल आइपुगेकी सावित्रा भण्डारीलाई भने मैदानमा उत्रिनु परेन ।
यो जितसँगै नेपालले समूह “बी“को शीर्ष स्थान ओगटेको छ ।नेपालको दुई खेलबाट चार अंक भएको छ । भुटानको पनि दुई खेलबाटचारै अंक रहेको छ । नेपाल गोल अन्तरका आधारमा समूहको पहिलो रहेको हो । श्रीलंका तीन अंकका साथ तेस्रो स्थानमा छ ।माल्दिभ्सको भने शून्य अंक छ ।
यससँगै प्रतियोगितामा माल्दिभ्सको चुनौती समाप्त भएको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामनागर्नेछ । भुटान भने माल्दिभ्ससँग भिड्ने छ ।