adv

झापाको केर्खामा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु


कात्तिक
७, कमल । झापामा बसको ठक्करबाट एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र. १– ०१ – ००१ ख ४३३१ नम्बरको रात्रिबसको ठक्करबाट कमल ३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनी कृपा लिम्बूको मृत्यु भएको हो ।

मृतक बालिकाको आज जन्मदिन परेकोले बाजेसँग सपिङ गरेर फर्कदै गरेको स्थानीयहरुले बताए छन्  । उनीहरु सवार इलेक्ट्रिक साइकलपनि क्षतिग्रस्त भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु