adv

भारतलाई हराउदै बंगलादेश सेमिफाइनल प्रवेश- साफ च्याम्पियनसिप


कात्तिक
, काठमाडौं डिफेन्डिङ च्याम्पियन बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा भारतलाई हराउँदै समूह ‘ए’को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको

बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले चिरप्रतिद्वन्द्वी भारतलाई का विरुद्ध गोलले हराउँदै अंक जोड्न सफल भयो यस जितसँगै बंगलादेश खेलमा अंकका साथ समूह विजेता बन्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भारत खेलमा अंकका साथ उपविजेता बन्दा खेलमा अंक जोडेको पाकिस्तान भने समूह चरणबाट बाहिरिएको

खेलको सबै गोल पहिलो हाफमा सम्भव भएको थियो साविक विजेताको जितमा तोहुरा खातुनले दुई गोल गर्दा अफिदा खान्दाकरको नाममा एक गोल रह्यो पहिलो हाफको अन्त्यतिर बाला देवीले भारतका लागि गोल फर्काइन्

अफिदाले बङ्गलादेशको लागि १८औं मिनेटमा अग्रता बनायो कप्तान सविना खातुनको कर्नरमा भारतीय गोलरक्षक पान्थोइ चानुको फितलो पन्च अफिदा नजिकै ड्रप हुदाँ उनले कुनै गल्ती नगरी सुन्दर उत्कृष्ट गोल गरेकि थिइन्

२९ औं मिनेटमा तोहुरा खातुनले अग्रता दोब्बर पार्यो

४३ औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो तथा देशको लागि तेस्रो गोल गर्दै अग्रता बढाईन्

त्यसको एक मिनेट नबित्दै भारतले गोल फर्कायो बाला देवीले भारतका लागि सान्तवाना गोल गरे पनि त्यसपछि कुनै गोल हुन सकेन

प्रतियोगिता अन्तर्गत विहीबार समूह ‘बी’को अन्तिम खेल दिउँसो :३० बजे भुटान माल्दिभ्सबीच हुनेछ दोस्रो खेलमा भने साँझ :३०बजे नेपाल श्रीलंका भिड्नेछन्

नेपाल भुटानको खेलमा समान अंक गोलअन्तरमा नेपाल अघि श्रीलंकाको खेलमा अंक तथा माल्दिभ्सअंकविहिन यस समूहको विजेताले सेमिफाइनलमा भारतको सामना गर्नेछ दोस्रो हुने टोलीले बंगलादेशसँग खेल्नेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु