कात्तिक ८, काठमाडौं । एसियाली फुटबल कन्फेडरेसन (एएफसी) यू–१७ एसियन कप छनोटमा नेपाल जापानसँग पराजित भएको छ । बुधबार राति कतारको दोहास्थित हमाद बिन खलिफा स्टेडियममा भएको खेलमा नेपाल ९–२ गोलले पराजित भएको हो ।
खेलमा अग्रता बने नेपालले लिएको थियो । नेपालले सविनकुमार मगरको गोलमार्फत सुरुआती अग्रता लिए पनि उक्त अग्रता पाँच मिनेट पनि कायम रहन सकेन ।
जापानका दाइती तानीले प्रभावशाली प्रदर्शन गर्दा नेपाल खेलमा निरिह हुन परेको थियो । दाइचीले ह्याट्रिकसहित चार गोल गरे । यस्तै, हिरोता असादाले पनि ह्याट्रिक पूरा गर्दा मैबुकी कासाइ र कैजी चोनानले एक गोल थपे ।
जितसँगै समूह ‘एफ’मा जापानले तीन अंक जोडेको छ ।नेपालले समूह चरणको दोस्रो खेलमा बिहीबार आयोजक कतारको सामना गर्नेछ । कतारले बुधबार मंगोलियामाथि २–० को जित सहित विजयी सुरुवात गरेको थियो।