काठमाडौं, २ मंसिर। पूर्वसभामुख दमननाथ ढुंगानाको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे निधन भएको छ ।
अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।
पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् ।