मंसिर २३, दमक । किरात राई यायोक्खा दमक पाँचले २०८१ को उधौली कार्यक्रम सम्पन्न गरेको छ । शनिबार झापाको दमक पाँचमारहेको दिपिनि आधारभूत विधालयको प्राङ्गणमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान साथै सम्मान कार्यक्रम, साकेला सिली प्रस्तुत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।
किराया दमक पाँच अध्यक्ष शिवदास राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दमक पाँच वडा अध्यक्ष इन्द्र बहादुर गुरुङ, विशिष्ट अतिथिहरु पूर्व प्रदेश सभा सदस्य अर्जुन राई, किराया दमक नगर अध्यक्ष बासुदेव राई, धनेश्वर मन्दिर समिति सचिव एकराज केसि लगायतले बोलेका थिए ।
समितिका कोषाध्यक्ष दिल कुमारी लिम्बू राईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै जम्मा भएको एक लाख दुई हजार रुपैयाँमा खर्च कटाएर ५३ हजार समितिको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा भएको बताइन ।
त्यसै गरी समितिले अक्षयकोष सहयोगार्थ आफ्नो अविवाहित स्वर्गीय फुपु भगवती राईको ४५औं पुण्य तिथिको अवसरमा १५ हजार पाँच रुपैयाँ सहयोग गर्ने धनराज राईलाई सम्मान पत्र प्रदान गरेको थियो ।
यसका साथै कार्यक्रममा दमक पाँच साकेला टोलीले साकेला सिली प्रस्तुत गरेको थियो ।