adv

दोस्रो एनआरएनए इलाम गोल्डकप- दार्जिलिङको जिटिएलाई हराउदै एनआरटि सेमिफाइनल प्रवेश

 

मंसिर २३, इलाम साबिक विजेता एनआरटि काठमाडौं एनआरएनए इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको इलाम सदरमुकाममा सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको दोस्रो दिनको खेलमा दार्जिलिङको जिटिए११ लाई गोल अन्तरले हराउदै दोस्रो चरण पुग्न सफल भयो

आइतबार इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा भएको खेलको ३७औं मिनेटमा जिटिएका भाइचुङ राईले पेनाल्टि मार्फत गोल गर्दै अग्रता दिलाए पहिलो हाफको अन्तिम समयमा एआरटिका नेमारले उत्कृष्ट गोल गर्दै खेल बराबरी बनाए पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४१औं मिनेटमा मार्टिनले गोल गर्दै टिमको जित सुनिश्चित गरे

एनआरटिका जय गुरुङ म्यान अफ दी म्याच घोषित भए उनले नगद आठ हजार एक सय सहित ट्रफि प्राप्त गरे तेस्रो दिनको खेल सोमबार काठमाडौंको दुई टिम त्रिभुवन आर्मी क्लब चर्ज ब्वाइज युनाटेड बिच हुनेछ

इलामको गौरवको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजक सहित काठमाडौंका ए डिभिजन क्लबहरु त्रिभुवन आर्मी क्लब, सङ्कटा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चर्ज ब्वाइज युनाइटेट, मछिन्द्र फुटबल क्लब साथै झापाको रेडस्टार क्लब र पाहुना टोलीको रुपमा भारतको जीटीए११ दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको छ ।

मंसिर २९ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद १० लाख सहित ट्रफि, मेडल प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडल प्रमाणपत्र पाउनेछन्

त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी उत्कृष्ट कोचले नगद २५ हजार सहित ट्रफि प्राप्त गर्ने छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु