मंसिर २४, खाँदबारी । जनता समाजवादी पार्टी नेपालको संखुवासभा जिल्ला समिति पुनर्गठन कार्य सोमबार सम्पन्न भएको छ ।
जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत पार्टीको जिल्ला समिति पुनर्गठन सम्पन्न भएको जसपा नेपाल कोशी प्रदेश सदस्य भरत याक्खाले जानकारी दिए ।
सो कार्यक्रममा जसपा नेपालका प्रदेश अध्यक्ष दिपक याक्खा, पार्टीकी केन्द्रीय सदस्यद्वय मुना राई र ध्रुव राई, शेर्पालुङ राष्ट्रिय समितिका संयोजक नर्बु शेर्पा लगायत नेता सहभागी थिए ।
सिताराम तिमल्सिनाको अध्यक्षतामा पुनर्गठित समितिका उपाध्यक्षमा किशोर राई र सचिव पूर्ण शेर्पा सहित ३९ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो ।
सो कार्यक्रममा अध्यक्ष याक्खाले जसपा नेपालको सक्रियताले विरोधीहरु अत्तालिएको दावी गरे । अशोक राई समूहतर्फ लक्षित गर्दै उनले भने -‘जसपा नेपाल विभाजन गरेर सङ्घीयता र पहिचान विरोधी एमालेसँग काँध मिलाउन गएकाहरु यतिबेला पछुताइ रहेका छन्। तर, उत्पीडित जनताको लहर जसपा नेपालतर्फ बढ्दो छ ।’
जनतासँग जसपा नेपाल आधासभूत संगठन निर्माण अभियान अन्तर्गत जिल्ला पुनर्गठनसँगै संखुवासभाका सबै पालिकामा संगठन पुनर्गठन कार्य चाँडै सम्पन्न गरिने जसपा नेपालकी केन्द्रीय सदस्य राईले जानकारी दिएकी छन् ।