adv

दोस्रो एनआरएनए इलाम गोल्डकप- आर्मीलाई हराउदै चर्च ब्वाइज सेमिफाइनल प्रवेश

 

मंसिर २५, इलाम चर्च ब्वाईज युनाइटेड काठमाडौं दोस्रो एनआरएनए इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको इलाम सदरमुकाममा सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको तेस्रो दिनको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई गोल अन्तरले हराउदै चर्चब्वाइज दोस्रो चरण पुग्न सफल भयो

आइतबार सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा भएको खेलको सुरुवातमै आर्मीले पेनाल्टि पायो जस्को सदुपयोग गर्दै निरज चौधरीले टिमलाई अग्रता दिलाए पहिलो हाफ एक गोलले पछि परेको चर्चब्वाइजले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गर्यो । खेलको ७५औं मिनेटमा रोहन कार्कीले गोल गर्दै खेल बराबरी बनायो ८२औं मिनेटमा विदेशी खेलाडी अर्मान्डोले गोल गर्दै चर्चब्वाइजको जित पक्का गरे

टिमका लागि पहिलो गोल गरेक चर्चब्वाइजका रोहन कार्की म्यान अफ दी म्याच घोषित भए उनले नगद आठ हजार एक सय सहित ट्रफि प्राप्त गरे

तेस्रो दिनको खेल अर्थात पहिलो चरणको अन्तिम खेल मंगलबार काठमाडौंको मछिन्द्र फुटबल क्लब चर्ज झापाको रेड स्टार फुटबल क्लबबीच हुनेछ

इलामको गौरवको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजक सहित काठमाडौंका डिभिजन क्लबहरु त्रिभुवन आर्मी क्लब, सङ्कटा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चर्ज ब्वाइज युनाइटेट, मछिन्द्र फुटबल क्लबसाथै झापाको रेडस्टार क्लब  पाहुना टोलीको रुपमा भारतको जीटीए११ दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको

मंसिर २९ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद १० लाख सहित ट्रफि, मेडल प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडल प्रमाणपत्र पाउनेछन्

त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी उत्कृष्ट कोचले नगद २५ हजार सहित ट्रफि प्राप्त गर्ने छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु