पुष १९, दमक । दमक नमुना ब्याडमिन्टन एकेडेमिको पहिलो साधारण सभासँगै पुरस्कार वितरण तथा वनभोज कार्यक्रम सम्पन्न भएकोछ ।
शुक्रबार इलामको चुलाचुली ५ स्थित चपेटिमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा दमक नगर प्रमुख राम कुमार थापा रहेका थिए । कार्यक्रममा बोल्दै उनले आफू निर्वाचित भएसँगै एकेडेमिको भवन निर्माणसँग जोडिएको हुनाले यसको सर्वाङ्गीण विकासको निम्ति लागि पर्ने बताए ।
एकेडेमिका अध्यक्ष प्रकाश राईको अध्यक्षता भएको औपचारिक कार्यक्रममा माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राई, राष्ट्रिय अम्पायर भवानी आङ्देम्बे, नेपाल कराँते महासंघ झापाका रुद्र कार्की, समाजसेवीहरु धनजीत राई, श्री प्रसाद वनेम लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम संयोजक टिका प्रसाद राईका अनुसार खेलकुद राष्ट्र र स्वास्थ्यको लागि मात्र नभएर भाइचारा बढाउने माध्यम भएको हुँदा आजको कार्यक्रमले खेलप्रेमिहरुको सम्बन्ध अझ प्रगाढ बनाएको बताए ।
उक्त कार्यक्रममा लगभग एक सय ५० जनाको उपस्थिति रहेको एकेडेमिका सचिव जसमाया राईले जानकारी दिइन । कार्यक्रमलाई एकेडेमिका उपाध्यक्ष श्याम कार्कीले सञ्चालन गरेका थिए ।
ब्याडमिन्टन खेलका विजेताहरुलाई पुरस्कार वितरण
कार्यक्रममा दोस्रो आन्तरिक दमक नमुना ब्याडमिन्टन प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा पहिलो स्थान पुष्प पाण्डे र नैनासिंह लिम्बूको जोडिले प्राप्त गर्न सफल भएका थिए । दोस्रो स्थानमा रविन्द्र राई र राज कुमार शेर्मा रहेका थिए भने तेस्रो स्थानमा सुवास राई र टिकाराज रिजाल सँगै धन बहादुर राई र सजन राईको जोडि रहे । उनिहरुले कार्यक्रमका प्रमुख अतिथिको हातबाट ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।