पुष १६, झापा । नेकपा माओवादी केन्द्रले झापामा खबरदारी सभा गरेको छ । गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा सम्पन्न खबरदारी सभालाई सम्बोधन गर्न माओवादी नेताहरु अध्यक्ष पुष्पकमल दाहाल सहित उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्य रञ्जित तामाङ लगायतको उपस्थिति रहेको थियो ।
सभामा कांग्रेस, एमाले, राप्रपा, जनमत, मधेसी फोरम लगायतका दल परित्याग गरेर सयौं व्यक्ति माओवादीमा प्रवेश गरेका छन् । जहाँ ७८९ जना भन्दा बढी व्यक्ति माओवादीमा प्रवेश गरेको पार्टीको दाबी रहेको छ । २०३९ सालमा गौरीगञ्ज गाउँ पञ्चायतका प्रधानपञ्च विश्वराज रिजाल, कांग्रेस नेता कमलेश कुमार राजवंशी सहितका व्यक्ति माओवादीमा प्रवेश गरेको छ ।
सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दाहालले भने-‘म तपाईंहरुलाई भन्न चाहन्छु, आज यो ठाउँ, सम्भवतः यो ठाउँ अहिलेको प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी मेरो लागि त यत्ति धेरै जाली, यति धेरै झेली मान्छे, उनकोठाउँमा सायद म बोल्दैछु । म भन्न चाहन्छु, उहाँको दिमागमा जालझेल बाहेक अरु भएको देखिँदैन । उहाँले जालझेल नै गरिराख्नु हुन्छ । तर म गिरिबन्धु टिस्टेटमा उहाँले गरेको बद्मासीलाई पर्दाफास गरेरै छोड्नेछु ।‘
कार्यक्रममा पार्टीको प्रदेश कमिटी सदस्य चन्द्रमोहन राजवंशी, झापा संयोजक अग्नि आचार्यले बोलेका थिए । नवप्रवेशीको तर्फबाट विश्वराज रिजाल र कमलेश कुमार राजवंशीले आफ्नो मन्तव्य राखेको थियो ।