adv

फोनिज इलामको अध्यक्षमा माबोहाङ

 

पुष १९, इलाम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको अध्यक्षमा याम माबोहाङ निर्वाचित भएका छन्

शुक्रबार इलाम सदरमुकाममा भएको फोनिजको छैटौँ जिल्ला अधिवेशनबाट माबोहाङ लगायत नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् 

समितिको उपाध्यक्षमा सङसेमी माङयुङ, सचिवमा सिर्जना श्रेष्ठ, सहसचिवमा एलिना गुरुङ कोषाध्यक्षमा सरिता राई निर्वाचित भएका छन् सदस्यहरुमा सुनिता मगर, डिल्लीमाया लिम्बू, सरोज जवेगू प्रकाश साउदेन निर्वाचित भएको निर्वाचन समिति संयोजक चक्र येक्तेन (अभिषेक) ले जानकारी दिए ।

अधिवेशनले सटेन्द्र जवेगू, रीता राराहाङ, अतित योङहाङ, सन्तोष नेम्बाङसुजता सुनुवार काकीराम लावतीलाई संघीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित गरेको त्यस्तै राम योङहाङ, बुद्धमाया सोङ्मीसुनिता राई, लोकेन थेवे, जीवन योङहाङ, सुशिल मोरोहाङ, सोम सुनुवार, सुस्मा श्रेष्ठ ताराविर लिम्बू प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समिति संयोजक येक्तेनले जानकारी दिए

फोनिज निवर्तमान अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रमुख अतिथि फोनिजका केन्द्रीय उपाध्यक्ष कमन देवानले गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु