adv

जन्मदिनको अवसरमा बाल आश्रमलाई खाद्यान्न वितरण

 

पुष २१, दमक अहिलेको जन्मोत्सव भड्किलो अव्यावहारिक बनिरहेको बेला दमकका एक युवा आफ्नो जन्मदिनका दिन बालआश्रममा देखिए आफ्नो बुबाआमा श्रीमती सहित जन्मदिन मनाउन पुगेका थिए दमक बुद्धशान्ति टोलका सुधिर नेयोङ लिम्बू

उनी दमक मा रहेको अनाथ बाल तथा बृद्धा आश्रमका ३० जना बालबालिकालाई खाद्यान्न सामाग्री लिएर गएका थिए

समाज कल्याणका काममा सधैँ अग्रसर उनी भन्छन थोरै भए पनि सेवा गर्ने मौका मिल्यौ, अब देखि आश्रममा अत्यावश्यक वस्तुहरुको पहिचान गरेर सहयोग गर्नेछौ

जन्मदिनलाई यसरी मनाउनुको कारण बारे प्रश्न गर्दा भन्छनहामी आफ्नो चलन बिर्सेर पश्चिमी नक्कलमा रमाउदैछौ यो सँगै जीवनका सुन्दर पक्ष पनि नष्ट पार्दै छौ जन्मदिन अनुत्पादक फजुल खर्चको माध्यम बनेको यसले गर्दा हाम्रो मौलिक संस्कृति, संस्कारका विषयमा पछिल्लो समयमा नकारात्मक टीकाटिप्पणी हुन थालेको हामी नै हो व्यक्ति अनि समाज पनि त्यसैले हामी नै सानो भए पनि परिवर्तन गर्न तयार रहनुपर्छ भन्ने लाग्छ

आश्रम समितिका सदस्य राजेन्द्र पौडेलले विगत आठ वर्षदेखि यसरी नै स्वइच्छाले दिएको सहयोगले आश्रम चल्दै आइरहेको बताए उनका अनुसार खान, बस्न पढ्नलाई पुगिरहेको , केही कर्मचारीहरुलाई तलब दिन बालबालिकाहरु दुख बिराम हुँदा मात्र अलि समस्या हुन्छ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु