फागुन ६, दमक । झापाको दमकमा पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता दमकका स्थानीय खेलकुद प्रेमी युवाहरुको समूह माटाडोर ब्रोदर्स एफसिको आयोजनामा हुन लागेको हो ।
दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा हुने प्रतियोगिता फागुन १६ र १७ गते दुइ दिन सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजार पाँच सय ७५ रुपैयाँ र उपविजेताले नगद ३५ हजार पाँच सय पैतिस रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जानकारी दिए ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र हाई स्कोररको उपाधि रहेको छ ।
प्रदेश भरिका खेलाडीहरुले सहभागी हुन सक्ने प्रतियोगिताको इन्ट्रि फि सात हजार रहेको संयोजक विरेन्द्र चापागाईले बताए । उनका अनुसार स्थानीय खेलाडीको क्षमता अभिवृध्दि गरी राष्ट्रिय टिममा प्रतिनिधित्व गराउने र सम्पूर्ण खेलकुद सम्बन्धी जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताले करिब १५० जना खेलाडीहरु लाभान्वित हुने आयोजकको दाबी रहेको छ साथै खेलकुदमा योगदान पुर्याउने दमक नगर भित्रका एक व्यक्ति तथा संस्थालाई सम्मान गरिने छ ।