adv

पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिताको टाइसिट सार्वजनिक

 

फागुन १३, दमक । पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता २०८१ को टाइसिट सार्वजनिक भएको छ ।आयोजक माटाडोर ब्रोदर्स एफसिले सोमबार सार्वजनिक  गरेको टाइसिटमा १६ टिमको सहभागिता रहेको छ ।

दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल राइभल एफसि र रियल स्टारएफसिबिच बिहान ९ बजे हुनेछ ।

फागुन १६ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल १७ गते दिउसो दुई बजे हुनेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजार पाँचसय ७५ रुपैयाँ र उपविजेताले नगद ३५ हजार पाँच सय पैतिस रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जानकारी दिए ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र हाई स्कोररको उपाधि रहेको छ ।

संयोजक विरेन्द्र चापागाईका अनुसार स्थानीय खेलाडीको क्षमता अभिवृध्दि गरी राष्ट्रिय टिममा प्रतिनिधित्व गराउने र सम्पूर्ण खेलकुद सम्बन्धी जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताले करिब १५० जना खेलाडीहरु लाभान्वित हुने आयोजकको दाबी रहेको छ साथै खेलकुदमा योगदान पुर्याउने दमक नगरभित्रका एक व्यक्ति तथा संस्थालाई सम्मान गरिने छ ।

सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हरप्रहर न्यूज डटकमको अफिसियल फेजबाट हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु