adv

वान्तावा रुङमाहाङ राई वात्तोङ समितिले पायो पूर्णता

 

चैत ४, धरान  वान्तावा रुङमाहाङ राई वात्तोङ समितिले पूर्णता पाएको संस्थाको ७औं राष्ट्रिय सम्मेलनबाट नविन वान्तावाको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने निर्धारण भएको थिएन

 

फागुन गते सोमबार केन्द्रीय कार्यलय धरानमा बसेको पहिलो बैठकले भिम कुमार वान्तावालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको । यसका साथै उपाध्यक्षमा जग बहादुर वान्तावा, महासचिव विवस वान्तावा, सचिव जीवन कुमार वान्तावा कोषाध्यक्षमा मुगा वान्तावा चयन भए अन्य सदस्यहरुमा भगलमान वान्तावा, दुर्गा कुमारी वान्तावा, चेदरमान वान्तावा, बनिला वान्तावा, विलियम वान्तावा, कुमार विक्रम वान्तावा, रमेश वान्तावा, शिव कुमार वान्तावा गिरिराज वान्तावा रहेका छन्

भेलाले संस्थापक अध्यक्ष वंशरत्न प्रेम कुमार वान्तावालाई वंशावली टोपी लगाएर सम्मान गरेको थियो भेलाबाट वंशावली किताबमा भएको त्रुटिहरुलाई सञ्चाउदै छुटेका वंशहरुलाई समेटेर चाडै अर्को संस्करण निकाल्ने निर्णय भएको केन्द्रीय सदस्य गिरिराज वान्तावाले जानकारी दिए यसका साथै उनले भित्ते पात्रो प्रकाशनको तयारी सुरु गरिसकेको बताए

सम्मेलन चैत देखि गते सम्म ऐतिहासिक व्यक्ति नारदमुनी थुलुङको जन्म ठाउँ उदयपुर जिल्लाको चौदण्डिगडी नगरपालिका ४ बसाहामा आयोजना भएको थियो

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु