adv

माओबादी केन्द्र शिवसताक्षी अध्यक्षमा दुर्गा नेम्बाङ

चैत , शिवसताक्षी नेकपा माओवादी केन्द्र शिवसताक्षीको दोश्रो नगर अधिवेशनबाट दुर्गा नेम्बाङ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् 

शनिबार दुधेमा सम्पन्न दोस्रो एतिहासिक अधिवेशनले नेम्बाङ सहित उपाध्यक्षमा क्रमशः राजु दर्नाल, कचाली ताजपुरिया भुवन राई सर्वसम्मत चयन भएका हुन सचिवमा धनकुमार ढकाल, सह सचिवमा भुवन सेन्दाङ देवीका खनाल साथै कोषाध्यक्षमा हेम बहादुर कार्की(सुमन) सहित ४५ सदस्यीय नगर समिति चयन भएको निर्वाचन समितिले जानकारी दिएको

अधिवेशन शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईको अध्यक्षता तथा केन्द्रिय  सदस्य तथा कोशी प्रदेश सह इन्चार्ज अजम्बर काङमाङ्को प्रमुख आतिथ्यतामा भएको थियो

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री झलकसिं दर्लामि, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज रञ्जित तामाङ, प्रदेश सदस्यहरु कल्पना कार्कि, राम . राई, राजु चुडाल, प्रदेश कमिटी सल्लाहकार सदस्य जितेन्द्रराज चेम्जोङ लगायतको उपस्तिथि रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु