adv

पाराबारीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोविन ल्वागुन

चैत १०, पाराबारी झापा शिवसताक्षी स्थित पाराबारीमा आइतबार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको

होटल व्यावसायी संघ दमकको आयोजना शिववसताक्षी वडा कार्यलयको सहकार्य तथा आम्दा अस्पताल दमक, दृष्टि आँखाअस्पताल बिर्तामोड शान्ती डेन्टल अस्पताल दमकको प्राविधिक सहयोगमा  शिविर सञ्चालन भएको थियो

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवसताक्षी नगर प्रमुख मेगाहाङ थोप्राले नगरका नागरिकहरु स्वास्थ्यको पहुँचबाट टाडा रहेको अवस्थामा होटल व्यावसायी संघ दमकले गरेको कामको प्रशंसा गरे

होटल व्यवसायी संघ दमकको बार्षिक कार्यक्रम नीति अनुसार प्रत्येक वर्ष झापा जिल्लाको ग्रामीण भेगका स्वास्थ्य क्षेत्रको पहुँचबाट टाडा रहेका नागरिकलाई लक्षित गरेर यो स्वास्थ्य शिविर आयोजना गरिएको कार्यक्रम संयोजक तथा संघका महासचिव भुपेन्द्र न्यौपानेले जानकारी दिए

शिविरमा दृष्टि आँखा अस्पताल बिर्तामोडका डाक्टर कौसल किशोर शाहुको नेतृत्वमा आँखा सम्बन्धि चेक जाँच भएको थियो भने सोहीअस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर बिरेन्द्र शाहको टिमले कानको चेक जाँच गरेको थियो

आम्दा अस्पताल दमकका मेसु तथा फिजिसियन डाक्टर शिखर कट्टेलको नेतृत्वमा फिजिसियन सम्बन्धि  चेकजाँच भएको थियो सोही अस्पतालबाट बालरोग विशेषज्ञ डाक्टर सत्यनारायण चौधरी, स्त्रीरोग विशेषज्ञ डाक्टर पबिना केसीले समेत सेवा दिएका थिए ॐशान्ती डेन्टल अस्पताल दमकका दन्त रोग विशेषज्ञ डाक्टर कास्मि श्रेष्ठको नेतृत्वमा दाँत सम्बन्धि सेवा दिएको संघका अध्यक्ष योगराज दंगालले बताए

शिवसताक्षी दुई तीनका गरी जम्मा ३३७ जना वडाबासीहरुले सेवा लिएको थियो जसमध्ये १९८ जनाले आँखा जाँच, २१ जनाले मोतियाबिन्दु, १३९ जनाले कान, दन्त, स्त्रीरोग, फिजिसियन बालरोग सम्बन्धि सेवा लिएका थिए

गम्भीर समस्या भएका बिरामीहरुको लागि उपचारमा ५० % छुट हुने यातायात व्यवस्थापन वडाले नै गर्ने शिवसताक्षी का वडाअध्यक्ष भास्कर न्यौपाने जानकारी दिए

आम्दा अस्पताल दमकका मेसु डाक्टर शिखर कट्टेलका अनुसार आम्दा अस्पताल सामुदायिक अस्पताल समेत भएकोले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी देशका दुर्गम ठाउँहरुमा पुगेर स्वास्थ्य शिविर सेवा दिन सधैँ तयार रहेको

कार्यक्रममा होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, विज्ञान एजुकेसनल एकेडेमीका प्रिन्सिपल इन्द्र तामाङ लगायतले मन्तव्य राखेका थिए

होटल व्यवसायी संघ दमकका प्रथम उपाध्यक्ष रुद्र कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव भुपेन्द्र न्यौपानेले गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु