adv

दुधेमा कुलमानको पुनर्बहालिको माग सहित प्रदर्शन

गोविन ल्वागुन, शिवसताक्षी सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरुद्धमा पुनर्बहालिको माग सहित प्रदर्शन भएको नेकपा माओवादी केन्द्र, राप्रपा, लिम्बुवान लगायतका प्रतिपक्षी दलहरुले संयुक्त रुपमा शिवसताक्षीको दुधेमा कोण सभा गरेका हुन्

कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नवनिर्वाचित नगर अध्यक्ष दुर्गा नेम्बाङले कुलमान जस्तो व्यक्तिलाई हटाएर सरकारले निरङ्कुशता देखाएको बताए उनले उज्यालो नेपालका संवाहक बनेका एउटा कर्तव्यनिष्ठ कर्मचारी माथि यसरी प्रहार गर्नु सारा देशभरिका जनतामाथिको प्रहार भएको बताए

त्यस्तै माओवादी केन्द्रका पूर्व नगर अध्यक्ष महेन्द्र भट्टराईले देशका इमान्दार कर्मचारीहरुको विरुद्धमा सरकारले गरेको कदमको भत्सर्ना गरे सरकारले इमानदारीलाई बर्खास्त गरेर देशमा कर्मचारीहरुले राम्रो काम गर्नु हुँदैन भन्ने सन्देश दिन खोजेको बताए उनी भन्छन् विचौलियाहरुलाई संरक्षण गरी उच्च ओहोदामा पुर्याउने सरकारनै विचौलियाहरुबाट बनेको स्पष्ट देखिन्छ

विरोध सभामा राप्रपाका रुद्रमणी भट्टराई, संघीय लिम्बुवान मञ्चका किरण लिम्बू लगायतले सरकारले आफ्नो गलत कदम सच्याउँदै कुलमानलाई पुर्नबहाली गर्नु पर्ने बताए

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो

घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो उनी २०८२ साउन २४सम्मका लागि नियुक्ति भएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु