adv

माङसेबुङ गाउँपालिकाद्वारा कृषकहरुलाई यान्त्रीकरण औजार वितरण

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई यान्त्रीकरण औजार वितरण गरेको छ ।
पालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई, प्रवक्ता सुसन राई लगायतको उपस्थितिमा सो सामग्री वितरण गरिएको हो ।
माङसेबुङ गाउँपालिका कृषि शाखाको चालु आर्थिक वर्ष २०८१/०८२ को ‘साझेदारीमा कृषि यान्त्रीकरण खरिद तथा वितरण कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले कृषि समूह र निजी कृषि फार्महरुलाई ५० प्रतिशत अनुदानमा औजार वितरण गरेको कृषि शाखा प्रमुख सुरज अधिकारीले बताए।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु