adv

पाराबारी भानु माविमा कक्षा ११ सुचारु हुने

 

गोविन ल्वागुन, शिवसताक्षी शिवसताक्षी पाराबारीमा रहेको भानु माध्यमिक विधालयले आगामी शैक्षिकसत्रबाट कक्षा ११ सुचारुगर्ने भएको

सोमबार विधालयको सभाहलमा आयोजित शैक्षिक सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा कक्षा ११ सञ्चालनको गर्ने निर्णय भएको थियो

माध्यमिक तहमा कक्षा १२ सम्म अनिवार्य हुनु पर्ने प्रावधान अनुसार विधालयले छलफल सुरु गरेको थियो  अभिभावकहरुको चाहाना समेत स्थानीय ठाउँमा १२ सम्मको अध्ययन गराउन सके बच्चाहरुलाई टाढा पठाउन पर्ने समस्या हल हुने रहेको छ ।

विधालयमा शिक्षा संकायमा अध्यापनको लागि दक्ष शिक्षक प्रयाप्त मात्रमा भएको समेत विधालयले जनाएको

यस अवसरमा अधिकांश सरोकारवालाहरुले विधालयमा प्राविधिक व्यवहारिक शिक्षा लागू गर्न सके  विधार्थीको चाप बढ्ने धारणा राखेका थिए

सामुदायिक विधालयमा विधार्थी अभिभावकहरुको मोह घट्दै गएको अवस्थामा कक्षा ११ सञ्चालन गर्न चुनौती रहेको शिवसताक्षी ३ वडाअध्यक्ष भाष्कर न्यौपानेले बताए उनका अनुसार चुनौती रहे पनि वडाले विभिन्न सहयोग गर्नेछ यस विधालयमा  कक्षा ११ मा अध्ययन गर्ने विधार्थीहरुको पढाइ खर्च वडाले सहयोग गर्ने साथै वडा भित्र बसोबास गर्ने बुहारीहरुलाइ नि:शुल्क अध्यापन गराउने व्यवस्था गर्ने योजना  रहेको

कार्यक्रममा शान्ति आधारभुत विधालयका प्रअ विष्णु  भट्टराई, पुर्व विव्यस अध्यक्ष तथा पुर्व जनप्रतिनिधि अग्नि साप्कोटा, मोती माविपूर्व विव्यस अध्यक्ष धर्म सुबेदी, पाराबारी बजार व्यवस्थापन समिति अध्यक्ष मेगराज ओझा, पुर्व जनप्रतिनिधि दुर्गा सम्बाहाम्फे , जनप्रतिनिधिहरु लासाङ तामङ, शंकर राई, तिर्थकुमारी महरा, मिना तामाङ शैक्षिक बौद्धिक व्यक्तित्वहरु  नरनारायण ढकाल, मानबहादुर थापा लगायतले आफ्नो धारणा राखेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु