adv

भलिबल खेलाडीहरुलाई बल र जर्सी वितरण

 

गोविन ल्वागुन, शिवसताक्षी झापा शिवसताक्षी का युवा भलिबल खेलाडीहरुलाइ बल जर्सी वितरण गरिएको

बुधबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसका महासमिती सदस्य तथा पूर्व शिक्षक मचिन्द्र शेर्माले  सामग्री प्रदान गरेका थिए

यहि चैत्र २१ गते देखि २९ गते सम्म सञ्चालन हुने मेयर कपलाई लक्षित गरेर थान जर्सी सेट थान भलिबल प्रदान गरिएको हो । शिवसताक्षी हिमाली चोकमा स्थायी घर भई हाल काठमाण्डौंमा व्यवसाय गर्दै आएका शेर्माले खेलकुद सामग्री वितरण, खेलकुद कार्यक्रममा आर्थिक सहयोग, शैक्षिक संस्थामा आर्थिक सहयोग लगायत नगरका विभिन्न विकास निर्माणमा कार्यहरुमा सहयोग गर्दै आइरहेका छन्

राजनीतिक तथा सामाजिक व्यक्तित्व शेर्माले खेलकुदको क्षेत्रमा भविष्य खोजीरहेका खेलाडीहरुलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए उनले आगामी दिनमा यस्ता सहयोगलाई वृद्धि गरि निरन्तरता दिने समेत बताए

कार्यक्रममा नेपाली काङ्ग्रेस झापा निर्वाचन क्षेत्र नम्बर प्रदेश() का सभापती बिनोद ढकाल, जिल्ला सदस्य लोचना लावती,  शिवसताक्षी का सभापती काजिमान बुढाथोकी, नेपाल तरुण दल शिवसताक्षी अध्यक्ष रबिन गुरुङ लगायतको उपस्थिति रहेको थियो

खेलाडीहरु भन्छन् हामी निक्कै हर्षित भएका छौ आसन्न नगर कप खेल्नको लागि जर्सीको अभाव भइरहेको अवस्थामा टेवा पुगेको । हामीले अन्य दाताहरुसँग पनि सहयोगको अपेक्षा राखेका छौ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु