adv

याक्थुङ फक्ताङलुङ आइडल सिजन ३ को ग्राण्ड फिनाले शनिबार दमकमा हुँदै

१९ चैत, दमक फक्ताङलुङ साँस्किृतिक मञ्चले याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उद्देश्य सहित आयोजना गरेकोयाक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) गायन प्रतियोगिताकोग्राण्ड फिनालेचैत २३ गते शनिबार सम्पन्न हुने भएको

याक्थुङ साम्लो साम्लोरीरो साम्लोई लोई लाम्लोरिरोभन्ने मूल नाराका साथ स्थापित फक्ताङलुङ साँस्किृतिक मञ्चले आइतबार एक विज्ञप्ति जारी गर्दैयाक्थुङ फक्ताङलुङ आइडल सेकफुङ सिजनको फिनाले रोयल पार्टी प्यालेस दमक, झापामा सम्पन्न गर्न लागेको जानकारी दिएको हो

दोस्रो चरणको मुक्कुमलुङ संरक्षण आन्दोलनका कार्यक्रम घोषणा भएको हुनालेयाक्थुङ फक्ताङलुङ आइडल सेक्फुङकोग्राण्डफिनाले  चैत २३ गते नै सम्पन्न गर्न लागिएको मञ्चका अध्यक्ष पुर्ण कुमार सेर्मा(यादन) ले जारी गरेको विज्ञप्तिमा उल्लेख

मञ्चले ग्राण्ड फिनाले कार्यक्रममा सहभागी हुन प्रतियोगिताका निर्णयक मण्डल(जज) उत्कृष्ट १० फाइनलिष्ट लगायत सहयोगी, शुभेच्छुक, तुत्तु तुम्याङ, याक्लागेन सुहाङमा, बुद्धिजीवी, मुन्धुम साम्लो अनुरागी सबैलाई आह्वान समेत गरेको

लोपोन्मुख रैथाने याक्थुङ गीत संगीतको संरक्षण सम्बद्र्धन बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उद्देश्यका साथ यस फक्ताङलुङ साँस्कृतिक मञ्चले विगत वि.सं २०६५/६६ देखि निरन्तर विभिन्न गतिविधि सञ्चालन गर्दै आईरहेको जग जाहेर नै ’, विज्ञप्तिमा उल्लेख

मञ्चले जनाए अनुसार यसै वर्षको वैशाख गते देखि तेस्रो सिजनयाक्थुङ फक्ताङलुङ आइडलअनलाईन अडिशन आबेदन फारमखोली जेठ महिना देखि संसार भरीका याक्थुङ प्रतिभाहरु खोज्न प्रविधिको माध्यमबाट शुरूवात गरि नेपाल, भारत सिकिम, दुबाई र कोरिया साथै विभिन्न देशहरुमार्फत  ५३ जना प्रतियोगीहरुलाई अनलाइन मार्फत चरणबद्ध रूपमा अडिसन लिइएको थियो

पहिलो चरणबाट ३८ प्रतियोगी, दोस्रो चरणबाट २५ प्रतियोगी, तेस्रो चरणबाट १५ जना चौथो चरणबाट उत्कृष्ट १० छनोट गरिएको आयोजकको भनाइ

यसअघि अन्तिम छनौटमा परेका १० जना प्रतियोगीहरुलाई काठमाडौं उपत्यका, याक्थुङ लाजे माङसेबुङ दमक झापामा एक महिने मुन्धुमी प्रशिक्षण गराई बिजेता घोषणाको अन्तिम मिति गत माघ २५ २६ तोकिए पनि मुक्कुमलुङ क्षेत्रमा जारी नो केबलकार आन्दोलनका कारण स्थगन गरिएको विज्ञप्तिमा भनिएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु