adv

मेयर कप २०८१ को तयारी अन्तिम चरणमा


झिलझिले ।
झापाको शिवसताक्षीमा हुने मेयर कप २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि चैत्र २१ गते देखि २८ गते सम्म सन्चालन हुने मेयर कप २०८१ को तयारी अन्तिम चरणमा पुगेको हो ।

शिवसताक्षी नगर खेलकुद बिकास समितिद्वारा आयोजना हुने प्रतियोगिताका लागि अहिले धमाधम फुटबलको लागि स्टेज निर्माण साथै खेल मैदान भिजाउने ,सम्याउने र सरसफाई गर्ने काम भैइरहेको छ ।

नगर खेलकुद अध्यक्ष सुरज रिङ्गालुङ राईका अनुसार गेट निर्माण कार्य सम्पन्न भईसकेको छ भने क्रिकेटको लागि पिच निर्माण र भलिबल खेलको लागि कोर्ट निर्माण धमाधम भइरहेको छ ।

इन्डोर खेल कबर्ड हलमा हुनेछ भने आउट डोर खेल गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा र आसपासमा नै हुने राईले बताए।

मेयर कप २०८१ मा फुट्बल,भलिबल,क्रिकेट,एथलेटिक्स , ब्याटमिन्टन र करातेका खेलहरु संचालन हुनेछन् ।मेयर कपको बिधागत पुरस्कार राशिहरुमा क्रमश फुटबल तर्फको बिजेताले ५५ हजार र उपबिजेताले ४१ हजार नगद सहित ट्रफी र प्रमाणपत्र,त्यसै गरि भलिबल र क्रिकेट बिधाका बिजेता टिमले नगद ३५ हजार र उपबिजेताले २५ हजर नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ्न ।

त्यस्तै एथलेटिक्स ,ब्याडमिन्टन र करातेलाइ समग्र ५०/५० हजारका दरले रकम छुट्याइएको छ भने फुटबल तर्फ बिधागत पुरस्कार समेत राखिएको छ ।

फुटबल प्रतियोगितामा हरेक खेलका म्यान अफ द म्याचलाई दुई हजार १ सय रुपैया र अन्य बिधामा पाँच हजार रुपैयाको दरले पुरस्कृत गरिने जनाइएको छ ।

यसरी पुरस्कृत गर्ने बिधाहरूमा बेस्ट गोल किपर,बेस्ट डिफेण्डर, बेस्ट फर्वर्ड,बेस्ट मिड फिल्डर र हाइ स्कोरर रहेका छ्न ।म्यान अफ द टुनामेन्टलाई भने ११ हजार रुपैया सहित ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिने र क्रिकेट र भलिबल खेलका म्यान अफ द म्याच हुने खेलाडीलाई नगद रू एक हजार १ सय प्रदान गरिनेछ ।

न्यून अर्थिक श्रोत र उचित खेल मैदानको अभाबले गर्दा सिमित श्रोत साधनबाट ६ वटै खेलहरु सम्पन्न गर्नु पर्ने भएकाले सबै खेलहरु झिलझिले केन्द्रीत हुनेछन्।

मेयर कपको औपचारिक उद्घाटन नगर प्रमुख मेगाहाङ थोप्रा बाट २१ गते हुनेछ भने समापन २८ गते हुनेछ। उद्घाटनको दिन फुट्बल खेल मात्र हुनेछ भने अन्य बिदाका खेलहरु २२ गते बाट सुचारु हुनेछन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु