adv

तरुण दल गोल्डकप- तेस्रो दिन चुलाचुली र देनपा विजयी


माङसेबुङ ।
प्रथम तरुण दल गोल्ड कप २०८१ माङसेबुङको तेस्रो दिनको खेलमा चुलाचुली एफसि र तरुण दल देउमाई नगरपालिका विजयी भएको छ ।

माङसेबुङ-३ चतुरेमा बजारमा रहेको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा चुलाचुलीले गैरीगाउँ एफसिलाई २-१ गोल अन्तरले हराउदै दोस्रो चरण प्रवेश गरेको छ ।

त्यसै दोस्रो खेलमा देनपा तरुण दलले राइजिङ स्टार रवि मिक्लाजुङ पाँचथरलाई शुन्यका विरुद्ध एक गोल गर्दै विजयी भएको छ ।


प्रतियोगिताको भेट्रान खेल तर्फ भने देनपा भेट्रान सहभागी नभएसँगै राइजिङ भेट्रान मिक्लाजुङ पाँचथर फाइनल प्रवेश गरेको छ । फाइनल खेल आयोजकसँग हुनेछ ।

बिहीबार हुने पहिलो खेल प्रयास युवा क्लब चिभुवा र माङसेबुङ ४ बिच रहेको छ भने दोस्रो खेल पावा एफसि र नेपाल तरुण दल देनपा बिच हुनेछ ।

चैत १८ देखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

व्यक्तिगत विधातर्फ भने म्यान अफ द म्याच सहित प्लेयर अफ द टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु