adv

राम नवमी कप २०८१- दोस्रो दिन पथरी र एपिओ विजयी

चैत २०, फाकफोकथुम प्रथम राम नवमी कप नक आउट फुटबल प्रतियोगिता २०८१ को दोस्रो दिन युनिटि स्पोर्टिङ क्लब पथरी मोरङ र एपिओ इलाका प्रहरी रवि पाँचथर विजयी भएको

पहिलो खेलमा माङसेबुङ गाउँपालिकालाई गोल अन्तरले हराउदै पथरी सेमिफाइनल प्रवेश गरेको हो पथरीको जितमा दिपेश दर्लामी सौरे राउतबने खेलको सुरुवाती ४औं मिनेटमा पथरीका कप्तान दिपेशले गोल गर्दै टिमलाई अग्रता दिलाए खेलको अन्तिम समयमा सौरे राउतलेगोल गर्दै जित सुनिश्चित गरे । खेलको म्यान अफ म्याच सौरे राउत घोषित भए

त्यसैगरी दोस्रो खेलमा एपिओले त्रिवेणी युवा विकास संस्था फाकफोकथुमलाई गोलले हराउदै सेमिफाइनल प्रवेश गरेको खेलको एक मात्र गोल पहिलो हाफको २२औं मिनेटमा सन्त बहादुर राईले हेड मार्फत गरेका थिए। खेलको म्यान अफ म्याच त्रिवेणीका युनिस मगर भए

बिहीबार हुने पहिलो सेमिफाइनल खेल तुम्बेवा गाँउपालिका पाँचथर युनिटि स्पोर्टिङ क्लब पथरी मोरङ बिच हुनेछ प्रतियोगितामा भेट्रान खेल समेत रहेको हुँदा बिहीबार मिक्लाजुङ पाँचथर आयोजक बिच खेल हुनेछ

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख रुपैयाँ सहित ट्रफि पाउनेछन्

व्यक्तिगत विधातर्फ भने म्यान अफ म्याच सहित प्लेयर अफ टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउेछन्

चैत १९ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल २३ गते हुनेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु