adv

रामनवमी कप: दमक भेट्रान उपाधि नजिक

फाकफोकथुम । प्रथम राम नवमी कप नक आउट फुटबल प्रतियोगिता २०८१ को भेट्रान तर्फ दमक भेट्रान विजयी भएको छ । शुक्रबार भएको खेलमा माङसेबुङ गाउँपालिकालाई २ का विरुद्ध ३ गोल गर्दै दमक फाइनल प्रवेश गरेको हो ।


खेलको पहिलो हाफसम्म माङसेबुङले २ सुन्यको अग्रता बनाए थियो । पहिलो हाफमा दबाबमा रहेको दमक भेट्रानले दोस्रो हाफमा भने खेललाई आफ्नो पक्षमा पारेको थियो । माङसेबुङले दोस्रो हाफमा भने खेललाई कायम राख्न नसक्दा हार बेहोरेका थिए ।


जितसँगै दमकले शनिबार मिक्लाजुङ भेट्रानसँग फाइनल खेल खेल्नेछ । प्रतियोगिता फाकफोकथुम ५ नवमी बजार स्थित पोखरी खेल मैदानमा भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु