adv

राम नवमी कप २०८१- पथरीलाई हराउदै तुम्बेवा फाइनलमा

फाकफोकथुम प्रथम राम नवमी कप नक आउट फुटबल प्रतियोगिता २०८१ मा तुम्बेवा गाउँपालिका पाँचथर फाइनल प्रवेश गरेको

बिहीबार फाकफोकथुम नवमी बजार स्थित पोखरी खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा युनिटि स्पोर्टिङ क्लब पथरी मोरङलाई गोल अन्तरले हराउदै तुम्बेवा फाइनल पुगेको हो पहिलो हाफको १९औं मिनेटमा निसान राईको गोलबाट अग्रता लिएको थियो दोस्रो हाफको १७औं मिनेटमा निसानले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनायो आक्रामक खेल खेलेको तुमबेवाले दोस्रो गोल गरेको केही क्षणमै उपहार गोल पायो

त्यसपछि १९औं मिनेटमा सन्तोष लिम्बूले २२औं मिनेटमा बिरेन लिम्बूले गोल गर्दै टिमको लागि फराकिलो जित निकाले

खेलको म्यान अफ म्याच तुम्बेवाका निसान राई घोषित भए शुक्रबार हुने दोस्रो सेमिफाइनल खेल राइजिङ स्टार मिक्लाजुङ पाँचथर एपिओ प्रहरी रवि मिक्लाजुङ बिच हुनेछ

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख रुपैयाँ सहित ट्रफि पाउनेछन् । व्यक्तिगत विधातर्फ भने म्यान अफ म्याच सहित प्लेयर अफ टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउेछन् चैत १९ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल २३ गते हुनेछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु